रौतहटमा मूर्ति सेलाउने क्रममा बागमतीमा डुबेर एक युवकको मृत्यु

साझेदारी दैनिक
373 पाठक संख्या

रौतहट : करण कुमार मिश्र/ रौतहटमा सरस्वतीको मूर्ति सेलाउने क्रममा मंगलबार साझ करिब ७ बजेको समयमा डुबेर बेपता भएको राजदेवी ७ मुडवालबा निवासी शिक्षक उमेश प्रसाद यादवको २२ वर्षीय छोरा सुरज यादवको शब फेला परेका छ ।

जिल्लाको राजदेवी नगरपालिका-६ मा रहेको वाग्मती नदीमा सरस्वती पूजाको मूर्ति विर्सजन गर्ने क्रममा डुबेर बेपत्ता भएका २२ वर्षीय सुरज यादवको मृत्यु भएको छ ।

मूर्ति सेलाउने क्रममा नदीमा डुबेर बेपता भएका यादवको मंगलबारदेखि नै नेपाली सेना,सशास्त्र प्रहरी,नेपाल प्रहरीको साथै स्थानीयहरूले खोजी गरेका थिए ।

उनको शव बुधबार आज बिहान उनी डुबेकै स्थानमा फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी दिपककुमार रायले बताएका छन् ।

पानीमुनि रहेको उनको शवलाई माछा मार्ने जाल प्रयोग गरेर निकालिएको हो । मृतकको शवलाई पोष्टमार्टमपछि परिवारजनको जिम्मा लगाइएको डीएसपी रायले जानकारी दिएका छन् ।

Leave a review

This will close in 0 seconds