तामागढी साकोसले स्थापना दिवसमा विभिन्न कार्यक्रम गर्ने

साझेदारी दैनिक
263 पाठक संख्या

कोल्हवी : बाराको कोल्हवीमा रहेको तामागढी बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १७ औँ स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाउने भएको छ ।

संस्थाको बुधबार सम्पन्न २४७ औँ संचालक समितिको वैठकले स्थापना दिवसको अवसरमा विभिन्न कार्यक्रमहरु आयोजना गर्ने निणर्य गरेको छ ।

संस्थाले यही आउदो फागुन १५ गते पर्ने १७ औँ स्थापना दिवसको अवसरमा विभिन्न कार्याक्रमहरु संचालन गर्न लागेको संस्थाका मुख्य प्रबन्धक बासुदेव रिमालले जानकारी गराए ।

सहकारी संस्थाका अध्यक्ष एकराज आचार्यको अध्यक्षतामा बसेको संचालक समितिकको वैठकले स्थापना दिवसका अवसरमा फागुन १४ गते संचालन समिति, उपसमितिका सदस्य र कर्मचारीविच मैत्रीपुर्ण फुलबल प्रतियोगिता संचालन गर्ने जनाईएको छ ।

यसैगरी स्थापना दिवसकै अवसरमा फागुन १५ गते संस्थाको मुख्य कार्यालयमा विहान वृहद खुल्ला रक्तदान कार्यक्रम गर्ने,सोही दिन कोल्हवी वडा नम्बर १ मा रहेको कोल्हवी अस्पतालमा विरामी कुरुवा थ्रिसिटर चेयर हस्तान्तरण गर्ने,कोल्हवी वडा नम्बर ७ धोरर्पामा निर्माण भएको यात्रु प्रतिक्षालय हस्तान्तरण कार्यक्रम गर्ने जनाईएको छ ।

यसैगरी स्थापना दिवसकै अवसरमा सहकारी संस्थाले आफनो ४ वटै सेवा केन्द्र अन्तरगतका केही विद्यालयहरुमा सरसफाईका लागि डस्टविन वितरण गर्ने, र सेवा केन्द्र अन्तरगत रहेका सरकारी अस्पताल,प्राथमिक स्वस्थ्य केन्द्रहरुमा भर्ना भएका विरामीहरुलाई फागुन १६ गते फलफुल वितरण गर्ने कार्यक्रम समेत रहेको मुख्य प्रबन्धक रिमालले जानकारी गराउनुभयो ।

Leave a review

This will close in 0 seconds