५१ कुण्डीय वेदात्मा गायत्री महायज्ञको सम्पुर्ण तयारी

रञ्जन यादव
354 पाठक संख्या

जीतपुर : बिहीबार अर्थात फागुन १५ गते देखि बाराको जीतपुर अवस्थित बंगाली बाबा युगधर्म आश्रम केराढोकामा आयोजना हुने हुने ५१ कुण्डीय वेदात्मा गायत्री महायज्ञको सम्पुर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ ।

बुधबार पत्रकार सम्मेलनको आयोजना गरी महायज्ञ बारेमा आयोजकले बिस्तृत रुपमा जानकारी दिएको हो । महायज्ञको पहिलो दिन बिहीबार एक हजार भन्दा बढि सङ्ख्यामा कलश यात्रा निकालिने जनाईएको छ ।

फागुन १८ गतेसम्म गरी तीन दिन सञ्चालन हुने महायज्ञमा हवन,जप,संगीत,प्रवचन तथा पुराण कथाका कार्यक्रमहरू रहने आयोजक जीतपुरसिमरा हिन्दू समाज तथा महायज्ञ प्रचार प्रसार समितिका अध्यक्ष सन्तोष कुश्वाहाले पत्रकार सम्मेलनमा जानकारी गराए । उनले धार्मिक अनुष्ठानको उद्देश्य समाजमा आध्यात्मिक जागरण ल्याउनु,शान्ति स्थापनाको मार्ग देखाउनु तथा पुण्य लाभ प्राप्त गर्नु रहेको बताएका छन ।

यज्ञ हवन भने फाल्गुन १६ गते देखि १८ गते सम्म हुनेछ । भने हरेक दिन बेलुकी ८ बजेदेखि विशेष धार्मिक प्रवचन जनाईएको छ । महायज्ञमा सम्पूर्ण श्रद्धालु भक्तजनलाई उपस्थित भई महायज्ञलाई सफल बनाउन आयोजक समितिका सचिव अमर यादबले आग्रह गरेका छ ।

महायज्ञमा अवधि भरि कुल १२ लाख ९५ हजार रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।

Leave a review

This will close in 0 seconds