लागूऔषध अफिमसहित एक युवक पक्राउ

साझेदारी दैनिक
627 पाठक संख्या

कलैया । बारा प्रहरीले लागूऔषध अफिमसहित एक युवकलाई पक्राउ गरेको छ ।

प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरी टोलीले आइतबार जिल्लाको जीतपुरसिमरा उप-महानगरपालिका वडा नं.१ पथलैया चोक स्थितमा धादिङबाट वीरगंज तर्फ जादै गरेको प्र ०३-०३-००१ प ५२७३ नम्बरको एफ जेड मोटरसाईकललाई रोकी चेक जाँच गर्ने क्रममा उक्त लागूऔषध अफिमसहित एक युवकलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मोटरसाइकल चालक धादिङको गजुरी नगरपालिका -४ बस्ने अन्दाजी २६ वर्षीय राजन चेपाङ रहेको प्रहरीले जनाएको छ ।

उनको साथबाट २ किलो ५०० ग्राम लागू औषध अफिम जस्तो पदार्थ (३ वटा गोला) बरामद गरिएको छ ।

उक्त लागुअषौध अफिमसहित चेपाङलाई नियन्त्रणमा लिई आवश्यक कानूनी प्रकृया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक विजय राज पण्डितले जानकारी दिएका छन् ।

Leave a review

This will close in 0 seconds