दुई फरार प्रतिवादी पक्राउ

साझेदारी दैनिक
379 पाठक संख्या

कलैया : प्रहरी कारवाहीको सिलसिलामा बारा प्रहरीले दुई जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ।

पक्राउ परेका ति फरार प्रतिवादीलाई बारा जिल्ला अदालतमा दाखिला गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

चेक अनादर मुद्दामा एक हजार जरिवाना लागेका कलैया १६ का राघवप्रसाद कानुलाई प्रहरीले पक्राउ गरेको हो।

मोटरसाइकल चोरी मुद्दामा दुई सय रुपैयाँ जरिवाना लागेका कलैया उपमहानगरपालिका २१ का नरेश गिरीलाई बारा प्रहरीले पक्राउ गरी बारा जिल्ला अदालतमा दाखेल गरेको हो।

Leave a review

This will close in 0 seconds