बारामा राष्ट्रिय परिचयपत्रको कार्ड वितरण कार्य स्थगित

साझेदारी दैनिक
487 पाठक संख्या

कलैया :जिल्ला प्रशासन कार्यालय बाराले राष्ट्रिय परिचयपत्र वितरण कार्य हाललाई स्थगित गरेको छ।

बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईले मंगलबार एक प्रेस विज्ञप्ति जारी गरी यसबारे जानकारी दिएका हुन्।

राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गर्ने सेवाग्राहीहरुको अत्याधिक भिडभाड भएको कारणले राष्ट्रिय परियचपत्रको कार्ड वितरण कार्य मिति २०८२ साल वैशाख ०२ गते सम्म स्थागित गरिएको व्यहोरा यसै सूचना मार्फत जानकारी गराईन्छ,भट्टराईद्वारा जारी सूचनामा लेखिएको छ।

यसबाट सेवाग्राहीमा पर्न गएको असुविधा प्रति कार्यालय क्षमाप्रार्थी रहेको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ।

Leave a review