पर्यटन गौरको हाकिमको झोलामै अफिस,कार्यालय प्रमुख अफिस नआउँदा सेवाग्राहीलाई सास्ती

साझेदारी दैनिक
671 पाठक संख्या

रौतहट : ओम प्रकाश यादव/पर्यटन विकास कार्यालय गौर रौतहटका कार्यालय प्रमुख सञ्जय मिश्रा लामोसमय देखि कार्यालयमा नआउँदा सेवाग्राही मारमा परेका छन्।

कार्यालय प्रमुख मिश्रा मोबाइल स्वीच अफ गरी सम्पर्क विहिन भएका कारण पर्यटन विकास कार्यालय गौरबाट सञ्चालन हुने विभिन्न विकास निर्माणका काम ठप्प भएको छ।

करिव दुई हप्ताभन्दा बढिदिन् देखि कार्यालय प्रमुख मिश्रा कार्यालयमा नआउँदा सेवाग्राहीहरु मर्कामा परेका छन्।

मिश्रा मोबाइल स्वीच अफ गरी बेपत्ता भएका कारण विभिन्न विकास निर्माण कार्यको टेण्डर प्रक्रिया रोकिएको छ भने अन्य विकासका कामहरु अगाडि बढ्न नसक्दा सेवाग्राहीहरु सास्ती भोग्न बाध्य छन्।

कार्यालय प्रमुख मिश्रा कार्यालयमा नआउँदा आफूहरुको कामकाज प्रभावित भएको सेवाग्राहीले गुनासो गरेका छन्।

कार्यालय प्रमुख मिश्रा लामो समयदेखि कार्यालयमा नबस्दा आफूहरुको कामकाज प्रभावित भइरहेको सेवाग्राहीहरु बताउँछन् ।

कार्यालय प्रमुख सञ्जय मिश्रा झोलामै अफिस सञ्चालन गरिरहेको आरोप समेत लागेको छ ।

उनले अफिसको भन्दा आफ्ना छुट्टै दर्ता चलानीवाला रजिष्टर खडा गरी उक्त रजिस्टरमा दर्ता चलानी गरी बाहिरबाटै कमिसन लिएर योजनाहरुको सम्झौता गरी कार्यादेश दिने गरेको सेवाग्राहीहरुको आरोप छ।

उनी कार्यालयमा नआई कार्यालय भन्दा बाहिर बसेर कमिसन लिएर योजनाहरुको चिठ्ठी धमाधम बिक्री गरिरहेको र कमिसन दिनेहरुको योजनाको सम्झौता गुपचुप ढंगले गर्ने गरेको स्रोतले जनाएको छ।

कार्यालय प्रमुख मिश्रा कार्यालयमा नआई बाहिरबाटै कार्यालयको काम गर्ने गरेको र कमिसन लिएर योजना बिक्री गर्ने गरेको भनी सामाजिक सञ्जालमा खबरहरु आइरहेको छ।

यस विषयमा कार्यालय प्रमुख सञ्जय मिश्रा संग बुझ्न उनलाई फोन गर्दा उनको मोबाइल स्वीच अफ रहेको पाइएको छ।

Leave a review

This will close in 0 seconds