जीतपुर : जीतपुरसिमरा उपमहानगरपालिकाभित्र सञ्चालनमा रहेका सात वटा निजी विद्यालयहरूले समयमा आवश्यक कागजात नबुझाउँदा कक्षा बृद्धिको अनुमती पाउँनबाट बञ्चित भएका छन् ।
नयाँ शैक्षिक सत्र २०८२ का लागि उपमहानगरपालिकासँग थप कक्षा बृद्धिको माग बिद्यालयहरुले गरेका थिए ।
उपमहानगरपालिकाको शिक्षा,युवा तथा खेलकुद महाशाखाले समयमा दर्ता नगरेको र नक्सा पास भएको प्रमाणपत्र पेश नगरेको कारण कक्षा थप अनुमती सम्बन्धि प्रक्रिया अगाडि बढाउँन नसकिएको जनाएको छ ।
नगरपालिकाको शिक्षा महाशाखाबाट प्राप्त विवरण अनुसार स्नो एकेडेमी,सुर्योदय ईङ्गलीस बोडिङ्ग स्कुल,लोक सामुदायिक आ.बि.,रोज एकेड्मी,डुमरबाना पब्लिक स्कुल,मदिना एकेड्मी र बाबुलाल एकेड्मी रहेका छन् ।
यी विद्यालयहरूले निवेदन दर्ता गरे पनि आवश्यक कागजात समयमा प्रस्तुत नगरेको शिक्षा शाखा अधिकृत शिवजी प्रसाद (दशौँ)ले हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ।


