नेकपा एमालेले सिमरामा मनायो मदन–आश्रित स्मृति दिवस

साझेदारी दैनिक
366 पाठक संख्या

सिमरा : नेकपा एमाले जीतपुरसिमरा उपमहानगर कमिटीले ३२औं मदन–आश्रित स्मृति दिवस तथा निर्मल क्षेत्रीको सम्झनामा शनिबार डुमरवानामा विचार गोष्ठी कार्यक्रमको आयोजना गरेको छ।

उक्त गोष्ठीको पार्टीका पुर्व एमव् पोलिटब्युरो सदस्य मन्त्री पुरुषोत्तम पौडेलले उद्घाटन गर्नुभएको हो ।

प्रमुख अतिथि समेत रहेका पुर्वमन्त्रीे जनताको बहुदलीय जनवादले नेपालको कम्युनिस्ट आन्दोलनमा तत्कालीन महासचिव कमरेड मदन कुमार भण्डारीले अघि सारेर नयाँ आयाम थपेको बताउनुभयो । उहाँले पूर्वी युरोपमा कम्युनिस्टहरुले धक्का खाइरहेको बेला मदन भण्डारीले अगाडि सारेको जबजले नयाँ उर्जा थपेको बताए ।

त्यसैगरी कार्यक्रममा बोल्दै अर्की पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री ज्वालाकुमारी साहले पार्टीलाई एकताको सुत्रमा बाँधेर सबै मिलेर अगाडि बढाउनुपर्ने बताईन ।

कार्यक्रममा केन्द्रीय सदस्य तथा पूर्व नगर इन्चार्ज मञ्जु थापा,एमाले मधेस प्रदेश कमिटीका सचिव मनोज पौडेल,पार्टीका नगर कमिटीका अध्यक्ष त्रिलोक विक्रम शाहको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रदेश कमिटीका सदस्यहरु देवनारायण चौधरी,चयन गुरुङ,एमाले जिल्ला सचिवालय सदस्य तथा पूर्व नगर अध्यक्ष भोलाप्रसाद अधिकारी लगायतले मदन भण्डारी – जिवराज आश्रित र निर्मल भट्टको योगदानको चर्चा गर्नु भएको थियो ।

कार्यक्रमको संचालन उपमहानगर कमिटीका सचिव रविन्द्रराज भण्डारीले गर्नु भएको थियो ।

Leave a review

This will close in 0 seconds