कलैया : नगर खेलकुद विकास समितिको आयोजनामा कलैया उपमहानगरपालिकाको सहयोगमा तेस्रो कलैया उपमहानगरपालिका फुटबल प्रतियोगिता शुरु भएको छ।
प्रतियोगिता अन्तर्गत शनिबार भएको उद्घाटन खेलमा समाज विकास युवा क्लब भोडहा बिजयी भएको छ। भोडहाले त्रिशुल क्लब बकुलियालाई शून्यको बिरुद्ध एक गोलले पराजित गरेको हो।
भोडहाका लागि अरबिन्द चौधरीले एक गोल गरे बापत मैन अफ दि मैच घोषित भए। मैन अफ दि मैच चौधरीलाई कलैया उपमहानगरपालिकाका बाताबरण शाखाका प्रमुख अरबिन्द पाण्डेयले रु एक हजार नगद पुरस्कार वितरण गरेका थिए।
उक्त प्रतियोगिताको उद्घाटन एक कार्यक्रमका बीच कलैया उपमहानगरपालिकाकी उपप्रमुख रौशन प्रविण गरेकी हुन्। नगर खेलकुद विकास समितिका अध्यक्ष एम. समिउल्लाहको अध्यक्षतामा कलैया उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नाथु साहको बिशिष्ट आतिथ्यमा उदघाटन समारोह भएको हो।
कार्यक्रममा नगर खेलकुद विकास समितिका सदस्य दिनदयाल साह,शैलेश श्रेष्ठ,कलैया उपमहानगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष शिवबिहारी चौधरी,२२ का शिवचन्द्र कामी,वडा सदस्य बासुदेव साह,२४ का हिरालाल चौधरी,वडा नम्बर २१ का पुर्व वडा अध्यक्ष पुनदेव रौनियार,जैतापुर प्रहरी चौकीका प्रमुख मनोज बल,बारा जिल्ला फुटबल संघका सचिव बिनोद साह लगायतको सहभागिता रहेको थियो।
उद्घाटन समारोहमा नगर खेलकुद विकास समितिका सचिव शैलेश मण्डलको रहेको थियो ।


