कलैया : नगर खेलकुद विकास समितिको आयोजनामा कलैया उपमहानगरपालिकाको सहयोगमा वडा नम्बर २१ भोडहामा सञ्चालित तेस्रो कलैया उपमहानगरपालिका फुटबल प्रतियोगिता अन्तर्गत आईतबार भएको खेलमा अमर ज्योती युवा स्र्पाेट क्लब दोहरी बिजयी भएको छ।
दोहरीले उज्जाला युथ क्लब बरेवालाई टाई बेकरमा दुई गोलको विरुद्ध तीन गोलले पराजित गरेको हो। निर्धारित समयमा दुबै टिमले गोल गर्न नसकेपछि खेललाई टाईबेकरमा लगिएको थियो।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेबापत दोहरीका गोल किपर सुमर राम मैन अफ दि मैच घोषित भए। रामलाई कलैया उपमहानगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष राजेश महतोले नगद रु एक हजार रुपैया तथा शिल्ड प्रदान गरे।
प्रतियोगिता अन्तर्गत सोमबार कलैया फुटबल क्लब कलैया र सहयोगि फुटबल क्लब कलैया बिच प्रतिस्पर्धा हुने टुर्नामेन्ट सयोजक क्यामुदिन मंसुरले जानकारी दिए ।

