लागू औषध नियन्त्रण सम्बन्धी भयो सचेतना कार्यक्रम

साझेदारी दैनिक
242 पाठक संख्या

कलैया : बाराको महागढीमाई नगरपालिकाको बरियारपुरमा लागू औषध नियन्त्रण सम्बन्धी सचेतना कार्यक्रम बिहीबार सम्पन्न भएको छ।

जिल्ला प्रशासन कार्यालय बाराको आयोजनामा र जिल्ला प्रहरी कार्यालय बाराको समन्वय तथा सहजीकरणमा सो कार्यक्रम भएको हो।

महागढीमाई नगरपालिका वडा नम्बर १ मा रहेको श्री गढीमाई महेन्द्र माध्यमिक विद्यालयमा भएको उक्त कार्यक्रममा लागू औषधको परिचय,त्यसको प्रयोगबाट हुने शारीरिक,मानसिक र सामाजिक असरहरू,कानुनी पक्षहरू,रोकथाम बारे प्रशिक्षक रबिकुमार भास्कर र जिल्ला प्रहरी कार्यालय बारा अन्तर्गत रहेका समुदाय प्रहरी साझेदारीका जिल्ला इन्चार्ज प्रहरी सहायक निरीक्षक राजकिशोर पटेलले प्रशिक्षण दिएका थिए।

जिल्ला प्रशासन कार्यालय बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईको अध्यक्षतामा भएको उक्त कार्यक्रममा बिधालयका प्रधानाध्यापक धर्मेन्द्रप्रसाद यादवको विशेष सहभागिता थियो।

उक्त कार्यक्रममा कक्षा ९ र १० का विद्यार्थी,शिक्षक,जिल्ला प्रशासन कार्यालय बारा प्रशासन शाखाका नायब सुब्बा रत्न बहादुर स्याङतान,कार्यालय सहयोगी अशोक कुमार केशरी,प्रहरी प्रतिनिधिहरु लगायतको सहभागिता रहेको थियो।

Leave a review

This will close in 0 seconds