कलैया : बारा प्रहरीले लागु औषध कारोबारी भन्दै तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारत देश बिहार राज्य जिल्ला मोतिहारी बिजबनी पञ्चायत थाना जितना वडा नं. २ रेगनीया टोल बस्ने १९ वर्षीय कन्हैयाकुमार यादव,२६ वर्षीय बलिरामकुमार यादव र भारत देश बिहार राज्य जिल्ला मोतिहारी बिजबनी पञ्चायत थाना जितना वडा नं. १ बलुवा टोल बस्ने २० वर्षीय वकिलकुमार यादवलाई प्रहरीले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका निमित्त सूचना अधिकारी एवम् प्रहरी निरीक्षक खेम प्रसाद नेपालले जानकारी दिएका हुन्।
बाराको आदर्शकोतवाल गाउँपालिका वडा नं.४ स्थित सडक बाटोमा गत असार २९ गते आइतबार आपको २ वटा क्यारेट भित्र लुकाई छिपाई राखेको वेवारिसे अवस्थामा रहेको अनियन्त्रित लागु औषध डाईजेपाम १५०० एम्पुल,फेनार्गन १५०० एम्पुल र नुर्पीन १५०० एम्पुल गरी जम्मा ४५०० एम्पुल प्रहरीले बरामद गरेको थियो। उक्त लागु औषध ओसार पसार गर्ने व्यक्तिहरु फरार भएको हुँदा गोप्य सुराक पता लगाई सिसिटिभिको फुटेज सहितको प्रयोगवाट फरार प्रतिवादीहरुको खोजतलास गर्दै जाँदा सोमबार उनीहरु पक्राउ परेका हुन्।
ईलाका प्रहरी कार्यालय बारागढी र ईलाका प्रहरी कार्यालय महेन्द्र जयनगरको संयुक्त टोलीले पचरौता नगरपालिका वडा नं. २ चतरी चौक स्थितबाट पक्राउ गरेको हो। उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा ल्याई निजहरु उपर थप अनुसन्धान भई रहेको छ।
प्रहरीले बिआर ०५ एजेड ४५७२ नंम्बरको रातो कालो पल्सर १२५ सि.सि. को मोटरसाईकल लागु औषध ओसार पसार गर्दा प्रयोग भएको भन्दै बरामद गरेको छ। प्रहरीले बीआर ० बिसी ९५०१ नम्बरको रातो कालो पल्सर १२५ सि.सि.को मोटरसाईकल कन्हैया कुमार यादवबाट प्रहरीले फेला पारेको हो।
बलिराम यादवबाट रेडमि कम्पनीको मोबाईल प्रतिवादी बलिराम कुमार यादवको साथबाट एक थान,रेड्मी कम्पनीको कन्हैया यादवको साथबाट मोबाईल १ थान र सैम्सुंग कम्पनीको मोबाईल वकिल कमार यादव थान–१ गरी जम्मा ३ थान मोबाईल निजहरुबाट फेला पारेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

