वेस्ट इन्डिजसँग खेल्ने नेपाली टोलीमा बाराका आदिल आलम समावेश

साझेदारी दैनिक
306 पाठक संख्या

कलैया । युनिक यादव/ यूएईमा हुने नेपाल र वेस्ट इन्डिजबीचको टी–२०आई शृंखलाका लागि नेपाली टोलीमा बाराका आदिल आलम परेका छन्।

रोहित कुमार पौडेलको कप्तानीमा १६ सदस्यीय नेपाली टोलीमा आदिल आलम सहित सन्दिप जोराको समेत पुनरागमन भएको छ।
बारा जिल्ला निवासी आलम तीन वर्ष पछि राष्ट्रिय टोलिमा फर्किएका हुन। जोरा २०२४ को टी–२० विश्वकपपछि पहिलोपटक टोलीमा फर्किएका हुन्।

नेपालले सेप्टेम्बर २७, २९, ३० मा हुने तीन वटा टि–२० वेस्ट इन्डिज विरुद्ध खेल्नेछ।

नेपालको टोलीमा रोहित कुमार पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान) रहेका छन्। टोलिमा सन्दीप लामिछाने, कुशल भुर्तेल, लोकेस बम, कुशल मल्ल, आसिफ सेख, आदील आलम, आरिफ सेख, करण केसी, नन्दन यादव, सन्दीप जोरा, ललित नारायण राजवंशी, गुलशन झा, सोमपाल कामी, साहब आलम रहेका छन्।

Leave a review

This will close in 0 seconds