वीरगञ्ज । जेनजी आन्दोलनका क्रममा घाइते भएकी वीरगञ्ज महानगरपालिकामा कार्यरत नगर प्रहरी जवानको निशुल्क उपचार गरिएको छ।
नगर प्रहरी जवान अन्जली पटेलको वीरगञ्ज हेल्थ केयर हस्पिटलले निःशुल्क उपचार गरेको हो।
गत मंगलबार प्रदर्शनकारीहरूले वीरगञ्ज महानगरपालिका कार्यालयमा तोडफोड र आगजनी गर्ने क्रममा परेर २४ वर्षीया पटेल घाइते भएकी थिइन्। दोस्रो तल्लामा ड्युटीमा रहेकी उनलाई बाहिरबाट भर्याङ हालेर तल झारिएको थियो । त्यही क्रममा ढुंगामुढा हुँदा उनको टाउकोमा ढुंगा लागेको थियो। उनी गम्भीर घाइते भएकी थिइन्।
उद्धारपछि उनलाई तत्कालै वीरगञ्ज हेल्थ केयर हस्पिटल लगिएको थियो। अस्पतालमा उपचार गरिएको र स्वास्थ्य अवस्था सामान्य भएपछि पटेललाई डिस्चार्ज गरिएको जनाइएको छ ।
उपचारका क्रममा लाग्ने सम्पूर्ण शुल्क तथा औषधि खर्चसमेत अस्पतालले मिनाहा गरेको जनाइएको छ।

