उद्योग दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

साझेदारी दैनिक
1.3k पाठक संख्या

रबिन्द्र प्रसाद साह /

घरेलु तथा साना उद्योग कार्यालय कलैया, बाराको आयोजनामा छैठौं राष्ट्रिय उद्योग दिवस २०७७ को अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ।

“उद्योग र रोजगारःसमृद्धिको आधार” भन्ने मूल कार्यालय कै प्राङ्गणमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रमको जिल्ला समन्वय अधिकारी सुनिल चौरसियाले उद्घाटन गरेका थिए ।

घरेलु तथा साना उद्योग कार्यालय कलैया बाराका कार्यालय प्रमुख अरबिन्द यादवको अध्यक्षतामा सम्पन्न गरिएको अन्तरक्रिया उद्घाटन कार्यक्रममा करदाता सेवा कार्यालय कलैयाका प्रमुख महेश ज्ञावली, करैयामाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुबोध कुमार महतो, बारा उद्योग वाणिज्य संघका लेखा अधिकृत सन्नी कुमार गुप्ता, मेडपा अधिकारी राजकुमार राई, जिल्ला प्रहरी कार्यालय का अरुण कुमार गुप्ता, लघु उद्यम संघकी अध्यक्ष किसनावती देवी साह, साझेदारी राष्ट्रिय दैनिक कलैयाका संवाददाता रबिन्द्र प्रसाद साह लगायतको सहभागिता रहेको थियो।

राणा शासन कालमा वि.स. १९९२ मंसिर ९ गते व्यवसाय विकास परिषदको स्थापना भएको थियो। त्यहि दिनलाई आधार मानेर वि.स. २०७१ चैत २० गते भएको मन्त्री परिषदको निर्णय अनुसार हरेक वर्ष को मंसिर ९ गरेका दिन उद्योग दिवस मनाउँदै आएको हो ।

उक्त अन्तरक्रिया कार्यक्रममा उद्योगी व्यवसायीहरुको अनुभव, दुःख , समस्या र पिडाहरु, लगायतका विषयहरुमा छलफल केन्द्रित रहेको थियो।

Leave a review

This will close in 0 seconds