अबैध लागु औषध अफिम जस्तो पदार्थसहित दुई पक्राउ

साझेदारी दैनिक
259 पाठक संख्या

कलैया : प्रहरीले बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २१ अमलेअगञ्जस्थित प्रहरी कार्यालय अगाडी चेक प्वाईन्टबाट बुधबार दिउसो अबैध लागु औषध अफिम जस्तो पदार्थ सहित दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मोटरसाईकल चालक मकवानपुर राक्सिराङ गाउँपालिका वडा नम्बर १ बस्ने २७ बर्षिय सुनिल मोक्तान र मोटरसाईकल पछाडी सवार मकवानपुर भिमफेदी गाउँपालिका वडा नम्बर ३ बस्ने २० बर्षिय हर्क रुम्बा रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

उनीहरुको साथ बाट २ किलो ०४१ ग्राम लागू औषध अफिम जस्तो पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय अमलेखगंजका प्रहरी बरिष्ठ नायब निरिक्षक टेक बहादुर कार्कीको कमाण्डमा खटिएको प्रहरी टोलीले हेटौंडाबाट वीरगञ्ज तर्फ जादै गरेको बा.प्रदेश ०३–००३प३१२६नम्बरको २२० सि.सि.को पल्सर मोटरसाईकललाई रोकी जांच गर्ने क्रममा उक्त लागु औषध बरामद गरेको हो ।

मोटरसाईकलको सिट मुनी लुकाई छिपाई लगी रहेको अवस्थामा लागु औषध बरामद गरिएको प्रहरीले जनाएको छ।बरामद भएको लागु औषध सहित उनीहरुलाई नियन्त्रणमा लिई आवश्यक कानूनी प्रकृया अगाडी बढाईएको बारा प्रहरीले जानकारी दिएको छ ।

Leave a review