बारा प्रहरीले जिम्मा लगायो ३६ वटा हराएका मोबाइल

साझेदारी दैनिक
359 पाठक संख्या

कलैया । बारामा प्रहरीले ३६ वटा हराएका मोबाइल सम्बन्धित व्यक्तिहरूलाई जिम्मा लगाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार २०८२ साउन १ गतेदेखि हालसम्म विभिन्न स्थान र माध्यमबाट हराएका मोबाइलहरूको खोजतलास गरी ३६ वटा मोबाइल फेला पारि मंगलबार सम्बन्धित ब्यक्तिहरूलाई जिम्मा लगाइएको हो।

प्रहरीले मोबाइल हराउनेबित्तिकै तत्काल उजुरी दिन र ट्र्याकिङका लागि आवश्यक विवरण उपलब्ध गराउन बारबासीलाई आग्रह गरेको छ।

Leave a review