कलैया : नेपाली काँग्रेस बाराले जिल्लाको निर्वाचन क्षेत्र नम्बर–३ का लागि प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारका लागि लि कांग्रस पार्टीका सहमहामन्त्री फरमुल्लाह मंसुरसाहित १० जनाको नाम सिफारिस भएको छ । कलैयास्थित होटेल कारण राजको सभा हालमा शुक्रबार बसेको क्षेत्रिय भेलाले सहमहामन्त्री मंसुरसहित १० जनाको नाम सिफारिस भएको हो ।
वैठकले यही फागुन २१ का लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनकालागि प्रत्यक्षतर्फ पार्टीका सहमहामन्त्री फरमुल्लाह मंसुर, बाराका उपसभापति मनोज भट्ट, अग्रज पत्रकार भोजराज भटराई,प्रकाश रिमाल,बजरंगी साह, परवेज अन्सारी, जङ्गा बहादुर चौरसिया,रवी कारण साह,अम्बिका ठाकुरको नाम सिफारीस गरेका छ । यसैगरी क्षेत्रिय समितिले बारा क्षेत्र नम्बर ३ मा पार्टीका केन्द्रीय सभापति शेरबहादुर देउवाको पनि नाम सिफारीस गरेको हो ।
यसैगरी वैठकले बारा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ उम्मेदवारका लागि राजेन्द्र जयसवाल,प्रियंका दास, सुमित्रा चौधरी,जयचन्द्र चौरसिया,पुर्व मन्त्री कलावती पासवान, म. अतिउल रहमान, रिता रिजाललाई सिफारीस् गरेको छ ।
यसैगरी अफातर मंसुर साम्भा कुमारी जयसवाल,देवेन्द्र उपाध्याय,निलम कुमारी यादव,दिव्यनाथ श्रेष्ठ, दुर्गा दाहाल,तब्बसुभ आरा,उषा देवी रामको पनि समानुपातिकतर्फ नाम सिफारिस भएको क्षेत्रिय सभापति प्रभात चौरसियाले जानकारी दिएका छन् । त्यसैगरि राष्ट्रिय सभा सदस्य तर्फ राजिन्द्र यादव,शेष राज पाण्डे,बदन देवी कुर्मी,अम्बिका यादव र सालमा खातुनको नाम सिफारिस गरिएको क्षेत्रिय समितिले जनाएको छ ।
वैठक क्षेत्र नम्बर –३ का क्षेत्रिय सभापति प्रभात चौरसियाको अध्यक्षता भएको कार्यक्रमको प्रमुख अतिथि एवंम् केन्द्रिय सदस्य सह–महामन्त्री मंसुर रहनु भएको थियो ।
उक्त भेलामा नेपालि काग्रेस पार्टी बाराका सभापति राजेश राय यादव,पुर्वा सभापति भोला चौरसिया,जादोलाल जयसवाल,रामानन्द प्रसाद यादव,क्षेत्रिय सचिय नरेन्द्र यादव,जिल्लाका पदाधिकारी,क्षेत्रिय पदाधिकारी,नेता तथा कार्यकर्ताहरु लगायतको सहभागिता रहेको थियो । सो कार्यक्रमको संचालन क्षेत्रिय सचिव राजेश भण्डारीले गरेका थिए ।

