अत्यधिक चिसो बढेपछि गरुडा नगरपालिकाद्वारा दाउरा वितरण

Subash Kumar Mishra
314 पाठक संख्या

रौतहट । चिसोको कारण सर्वसाधारणको जनजीवन प्रभावित हुन थालेपछि रौतहटको गरुडा नगरपालिकाले सार्वजनिक स्थल र चोक-चोकमा दाउरा वितरण गरेको छ ।

करिब दुई साता अघिदेखि बढेको अत्यधिक जाडो र शीतलहरले कठ्याङ्ग्रिएका विपन्न तथा सर्वसाधारण नागरिकलाई जाडोबाट जोगिन दाउराको प्रबन्ध गरिएको हो ।

गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनी प्रसाद कलवारले डिभिजन वन कार्यालयसँग समन्वय गरी पालिकाको ठाँउ ठाँउमा दाउरा उपलब्ध गराएका छन् । उनका अनुसार उपलब्ध दाउरा सर्वसाधारणको जमघट हुने सार्वजनिक स्थल, मठमन्दिर चोक चौराह र प्रहरी चौकीलगायतका स्थानमा वितरण गरिएको छ ।

शीतलहरले घामको मुहार देख्न नपाएर जाडोले कठ्याङ्ग्रिएका नागरिक दाउराको आगो ताप्न पाउँदा खुसी भएका छन् । यसअघि डिभिजन वन कार्यालय चन्द्रनिगाहपुर रौतहटले चन्द्रपुर नगरपालिकाको मुख्य ठाँउहरुमा सर्वसाधारण नागरिकलाई आगो ताप्न दाउरा वितरण गरिसकेका छन ।

Leave a review

This will close in 0 seconds