जिल्लास्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

साझेदारी डेलि
289 पाठक संख्या

कलैया : श्रीकृष्ण प्रणामी बाईजुराज महिला समिति बारा र पर्साको आयोजनामा आज कलैयाको राधाकृष्ण प्रणामी मन्दिरमा जिल्ला स्तरीय हाजिर जवाफ प्रतियोगिता सम्पन्न भएको छ । उक्त हाजिरी जवाफ प्रतियोगिताको मेहर सागर आश्रमका संरक्षक एवं साहित्याचार्य शास्त्री जनार्दन घिमिरेले दीप प्रज्लन गरेर उद्घाटन गर्नुभएको थियो।

प्रतियोगितामा विभिन्न ६ वटा मन्दिरका बाईजुराज महिला समितिहरूको सहभागिता रहेको थियो। प्रतियोगितामा श्रीकृष्ण प्रणामी मन्दिर सडक टोल बाईजुराज इकाई समिति प्रथम, श्रीकृष्ण प्रणामी मन्दिर मधुबन नयाँबस्ती बाईजुराज इकाई समिति दोस्रो र श्रीकृष्ण प्रणामी मन्दिर आनन्दभूमि निजगढ बाईजुराज इकाई समिति तेस्रो स्थान हासिल गर्न सफल हुनुभएको थियो।

प्रतियोगिता उद्घाटन समारोहमा साहित्यचार्य शास्त्री जनार्दन घिमिरे, युवा धर्म प्रचारक एवं पण्डित संजय प्रणामी, श्रीकृष्ण प्रणामी सेवा समिति नेपालका केन्द्रीय उपाध्यक्ष रामज्ञाप्रसाद साह, श्रीकृष्ण प्रणामी बाईजुराज महिला समितिकी केन्द्रीय सदस्य सावित्री तिमल्सिना, पण्डित प्रमोद पौडेल, श्री कृष्ण प्रणामी युवा परिषद् नेपालका केन्द्रीय सदस्य सुमन सुवेदी लगायतकाले शुभकामना मन्तव्य राख्नुभएको थियो।

श्रीकृष्ण प्रणामी महिला बाइजुराज समिति बारा पर्साकी अध्यक्ष मन्दिरा उप्रेतीको अवस्थामा भएको उक्त कार्यक्रममा स्वागत मन्तव्य समितिकी उपाध्यक्ष शान्ता पौडेल र कार्यक्रमको सञ्चालन समितिकी सचिव इन्द्रावती थापाले गर्नुभएको थियो।

Leave a review

This will close in 0 seconds