रौतहटमा नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न

Subash Kumar Mishra
275 पाठक संख्या

रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटको आयोजनामा आइतबार रौतहट जिल्लाको शिवनगरस्थित कानु समाज धर्मशालामा “नागरिक सार्वजनिक सुनुवाई” कार्यक्रम गरेको छ। प्रहरीको शान्ति सुरक्षाको विषयमा स्थानीय जनतासँग राय सुझाव लिन र प्रहरीले दिँदै आएको सेवालाई थप प्रभावकारी बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

सुनुवाईमा सहभागिबाट उठेको प्रश्नको जवाफ दिँदै रौतहट प्रहरी प्रमुख सिताराम रिजालले समाजमा शान्ति सुरक्षा तथा अमन चयन कायम गर्नुका साथै समाजमा रहेका कुरीति तथा विसंगतिहरुलाई चिर्न नागरिकको भुमिका महत्त्वपूर्ण रहेको बताउनुभयो ।

शान्तिपूर्ण एवं सुरक्षित समाजका लागि सामुदायिक-प्रहरी साझेदारीको अवधारणा बमोजिम सामुदायिक प्रहरीसँग हातेमालो गर्दै प्रहरीलाई सूचना दिने तथा गलत प्रवृति देखेमा त्यसलाई नियन्त्रण गर्नको लागि सुझाव तथा सल्लाह दिई अपराध नियन्त्रण र अनुसन्धान कार्यमा सहयोग गर्न नागरिकलाई अनुरोध गर्दै ‘पीडितलाई न्याय र पीडकलाई सजाय’ दिलाउने पुनित कार्यमा हातेमालो गर्न अनुरोध समेत गर्नुभयो ।

नागरिक सुनुवाइ कार्यक्रममा गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनी प्रसाद कल्वारले पीडित आफ्नो जाहेरी प्रहरीलाई दिदा हुने सहयोग भरपुर रूपमा नभएको गुनासो गरे । उनले पीडित लाई पिडा दिने व्यक्तिकै प्रहरीमा हाली मुहारी हुँदै आएको बताए ।

प्रहरीलाई कसैको प्रभाव र दबाबमा नपरेर निष्पक्ष रूपमा काम गर्न सुझाव दिए । रौतहटमा प्रायजसो व्यक्तिहरुले सामाजिक संजालको माध्यमले कसैको बारेमा जथाभावी लेख्ने चरीत्र हत्या गर्ने जस्ता क्रियाकलाप व्यापक रूपमा बढ्दो छ यसलाई न्यूनीकरण गर्न र त्यस्ता क्रियाकलाप गर्ने व्यक्तिलाई समयमै कार्यवाही गर्न रौतहट प्रहरी प्रमुख सिताराम रिजाललाई ध्यानाकर्षण गराए ।

जिल्ला प्रहरी कार्यालय गौर रौतहटको आयोजनामा भएको नागरिक सुनुवाइ कार्यक्रमको अध्यक्षता रौतहट प्रहरी प्रमुख प्रहरी उपरीक्षक सिताराम रिजाल र गरुडा नगरपालिका प्रमुख कन्थमनी प्रसाद कल्वारको प्रमुख आतिथ्यतामा नागरिक सुनुवाई कार्यक्रम पालिकाको वडा नम्बर ५ शिवनगरस्थित कानु समाज कल्याण धर्मशालाको प्राङगणमा सम्पन्न भएको छ।

ईलाका प्रहरी कार्यालय गरुडाका डिएसपी शंकर प्रसाद आचार्य,महिला सेल प्रमुख र ईप्रका शिवनगरका प्रमुख लतिफ अन्सारी, स्थानिय जनप्रतिनिधिहरू,प्रहरी कर्मचारीहरू,सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरू र स्थानीय भद्र भलादमी लगायत सञ्चारकर्मीहरुको समेत उपस्तिथि रहेकोे थियो ।

Leave a review

This will close in 0 seconds