होटेल करण राज प्यालेसमा आधुनिक सुविधासहित स्विमिङ पुल उद्घाटन

संदिप प्रसाद यादव
399 पाठक संख्या

कलैया । बाराको कलैयास्थित होटेल करण राज प्यालेसमा आधुनिक सुविधासहितको स्विमिङ पुल उद्घाटन गरिएको छ। होटेलका सञ्चालक धनीलाल साह सोनारका बुवा करण साह सोनार र आमा जिवन्ती देवीले संयुक्त रूपमा रिबन काटी उक्त स्विमिङ पुलको उद्घाटन गरेका हुन्।

सञ्चालक साहका अनुसार विगत पाँच वर्षदेखि सञ्चालनमा रहेको होटलमा आउने ग्राहकहरूको गुनासोलाई मध्यनजर गर्दै स्विमिङ पुल निर्माण गरिएको हो। बारासहित कलैयाका सर्वसाधारणले स्विमिङका लागि अन्य स्थानमा जानुपर्ने बाध्यता रहेकोले होटलले आफ्नै परिसरमै यस्तो सुविधा थप गरेको उनले बताए।

आठ वर्षमुनिका बालबालिका र सोभन्दा माथिका व्यक्तिका लागि छुट्टाछुट्टै टिकट शुल्क निर्धारण गरिएको संचालक साहले बताएका छन् । उनका अनुसार शुल्क न्यूनतम र सर्वसुलभ रहेको र स्विमिङ पुल निर्धारित समय तालिका अनुसार सञ्चालन हुनेछ।

सुरक्षालाई ध्यानमा राख्दै स्विमिङ पुलमा लाइफगार्डको व्यवस्था गरिएको छ भने सिसीटिभी क्यामरा जडान गरिएको छ। साथै पानीको नियमित सरसफाइ पनि गरिने उनले बताए । उनका अनुसार बैशाख ४ गते शुक्रबारदेखि स्विमिङ पुल औपचारिक रुपमा संचालनमा आउने छ ।

विभिन्न संघ–संस्था तथा व्यक्तिगत कार्यक्रमहरू समेत होटेल करण राज प्यालेसमा आयोजना गरी सेवा गर्न एक पल्ट मुका दिन सबैलाई उनले आग्रह गरेका छन्।

उक्त उद्घाटन कार्यक्रममा धनीलाल साह सोनार, पारस साह सोनार, क्रान्ति सोनार लगायत होटलका कर्मचारीहरूको उपस्थिति रहेको थियो।

Leave a review

This will close in 0 seconds