प्रदेश सरकारले आफ्नो गतिमा काम गरिरहेको छ : मुख्यमन्त्री यादव

रासस
80 पाठक संख्या

जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले सरकारले आफ्नो गतिमा काम अगाडि बढाइरहेको बताउनुभएको छ ।

आज यहाँ सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले गठबन्धन दलहरूबीच कुनै मतभिन्नता नरहेको र सरकारले आफ्नो गतिमा जनपक्षीय काम गरिरहेको बताउनुभयो ।

मुख्यमन्त्री यादवले चालु आर्थिक वर्षमा विनियोजित बजेट तथा कार्यक्रम कार्यान्वयन र आगामी आर्थिक वर्षमा उपलब्धिमूलक क्षेत्रमा लगानी गर्ने गरी योजना छनोटमा सरकारको ध्यान रहेको उल्लेख गर्नुभयो ।

कांग्रेस मधेस प्रदेश सभापतिसमेत रहनुभएका मुख्यमन्त्री यादवले नेपाली कांग्रेसभित्र कुनै प्रकारको विमति नभएको पनि स्पष्ट पार्नुभयो ।

Leave a review

This will close in 0 seconds