कलैया । घरेलु तथा साना उधोग कार्यालय बाराको आयोजनामा “औद्योगिक वातावरण सुधार : दिगो अर्थतन्त्रको आधार” भन्ने मूल नाराकासाथ कलैयामा एक अन्तरक्रिया भएको छ। बारा उद्योग वाणिज्य संघको सभाहलमा मंगलवार बजार विस्तार तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो।
कार्यालय प्रमुख देवेन्द्र कुमार झाको अध्यक्षतामा उक्त कार्यक्रम भएको हो। कार्यक्रमको प्रमुख अतिथि बारा उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार साह रहेका थिए। सो कार्यक्रमलाई वरिष्ठ कर अधिकृत रामेश्वर मिश्राले सहजीकरण गरे। कर प्रणाली राज्य सञ्चालनको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै उनले व्यवसायीहरूलाई करको दायरामा आएर पारदर्शी रूपमा कारोबार गर्न उनले आग्रह गरे। सरकार र व्यवसायीबीच विश्वासको सम्बन्ध बलियो भए आर्थिक गतिविधि अझ प्रभावकारी हुने उनले बताए।
लेखा अधिकृत सुरज केशरी तथा उपभोक्ता हित संरक्षण मञ्च मधेश प्रदेशका सदस्य अरुण खनालले सहजिकरण गरे। उनीहरुले साना तथा घरेलु उद्योगको प्रवर्द्धन, उपभोक्ता अधिकार संरक्षण र स्थानीय उत्पादनको बजारीकरणमा सबै पक्षबीच सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरेका थिए।
कार्यक्रममा व्यापारी, उद्योगी तथा सरोकारवालाबीच अन्तरक्रिया भएको हो। बजार विस्तार, कर प्रणाली, उद्योग प्रवद्र्धन तथा व्यवसायिक चुनौतीका विषयमा अन्र्तक्रिया गरिएको थियो। सहभागीहरूले सरकार र निजी क्षेत्रबीच समन्वय तथा सहकार्य बढाउँदै दिगो आर्थिक विकासतर्फ अघि बढ्नुपर्नेमा कार्यक्रममा जोड दिएका थिए। संघका अध्यक्ष राजकुमार साहले निजी क्षेत्र र सरकारबीच सहकार्य मजबुत हुनुपर्ने बताए। उनले व्यापार व्यवसायको विकास सम्भव हुने बताए। उनले स्थानीय व्यापारीको हकहित संरक्षण, बजार विस्तार तथा लगानीमैत्री वातावरण निर्माणमा उद्योग वाणिज्य संघ प्रतिबद्ध रहेको उनले बताए।
उक्त कार्यक्रममा आन्तरिक राजस्व कार्यालयका वरिष्ठ कर अधिकृत रामेश्वर मिश्रा, उद्योग वाणिज्य संघ बाराका महासचिव रामअसिष साह, कोषाध्यक्ष अजय कुमार, आन्तरिक राजस्व कार्यालयका प्रवीण चौधरी, धरेलु तथा साना उधोग कार्यालयका लेखा अधिकृत सुरज केशरीको समेत सहभागिता रहेको हो। बारा उद्योग वाणिज्य संघ कलैयाका तालिम संयोजक दिलिप कुमार चौधरी संघका सदस्य शशी भूषण साह,अमृतु जयसवाल,बबिता साह,बिश्वनाथ यादव,धनिलाल सरार्फ,फलफुल,तरकारी तथा खुद्रा व्यवसायी संघका अध्यक्ष आलम हुसेन,आन्तरिक राजस्व कार्यालय सिमराका नासु रमेश पटेल ,उधोग बाणिज्य संघका अजय गुप्ता,ज्ञान बहादुर मन्डल,गोबिन्द बहादुर धर्ति लगायत विभिन्न व्यवसायिक तथा सामाजिक क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन अधिकृत अमोद कुमार यादवले गरेका थिए।


