स्पष्टीकरण नदिएपछि नेपाली कांग्रेस बाराका जिल्ला सभापति राजेश राय यादव निलम्बित

साझेदारी डेलि
134 पाठक संख्या

बारा । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले पार्टी हितविपरीत कार्य गरेको आरोपमा बारा जिल्ला सभापति राजेश राय यादवलाई निलम्बन गरेको छ।

गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई हराउन भूमिका खेलेको भन्दै उनीविरुद्ध उजुरी परेको थियो।

अनुशासन समितिले स्पष्टीकरण सोधे पनि यादवले कुनै जवाफ नदिएपछि उनलाई निलम्बन गर्ने निर्णय गरिएको हो।

कांग्रेस केन्द्रीय अनुशासन समितिका संयोजक तारामान गुरुङको संयोजकत्वमा पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकले यादवलाई अन्तिम निर्णय नहुन्जेलसम्मका लागि सभापति पदको कामकाज गर्न नपाउने गरी निलम्बन गर्ने निर्णय गरेको हो ।

Leave a review

This will close in 0 seconds