बारा । अत्यधिक गर्मी बढेपछि बाराको सिम्रौनगढ नगरपालिकाले नगर क्षेत्रका सामुदायिक तथा धार्मिक विद्यालयको कक्षा सञ्चालन समय परिवर्तन गरेको छ।
नगरपालिकाले बुधबार सूचना जारी गर्दै विद्यार्थीको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै २०८३ साउन २८ गतेदेखि अर्को सूचना नभएसम्म विद्यालयमा बिहान ६ बजेदेखि ११ बजेसम्म कक्षा सञ्चालन गर्न निर्देशन दिएको हो।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज अधिकारीद्वारा जारी सूचनामा पछिल्ला केही दिनदेखि तराईका जिल्लामा अत्यधिक गर्मी देखिएको जनाइएको छ। गर्मीका कारण विद्यार्थीको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई ध्यानमा राख्दै नगरपालिकाअन्तर्गत सञ्चालित सम्पूर्ण सामुदायिक तथा धार्मिक विद्यालयलाई नयाँ समयअनुसार कक्षा सञ्चालन गर्न अनुरोध गरिएको छ। गरपालिकाको कार्यालय प्रमुखस्तरीय निर्णयअनुसार विद्यालयको कक्षा समय परिवर्तन गरिएको हो।


