रसुवाबाट सामान ढुवानी गर्न गएका निजगढका ट्रक चालक दिनेश परियार सम्पर्कविहीन

साझेदारी डेलि
41 पाठक संख्या

बारा । रसुवा जिल्लाबाट सामान ढुवानी गरी ल्याउन गएका बाराको निजगढ नगरपालिका–९ निवासी ट्रक कन्टेनर चालक दिनेश परियार सम्पर्कविहीन भएका छन्।

परियार सामान ढुवानीका लागि रसुवा गएको बताइएपनि हालसम्म परिवार तथा आफन्तको सम्पर्कमा नआएको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ। उनको अवस्था र हालको स्थानबारे जानकारी नआएपछि प्रशासनले खोजीमा सहयोग गर्न सार्वजनिक सूचना जारी गरेको हो।

जिल्ला प्रशासन कार्यालय बाराले परियारलाई कसैले देखेमा, फेला पारेमा वा उनीसम्बन्धी कुनै सूचना प्राप्त भएमा तत्काल जानकारी गराउन अनुरोध गरेको छ।

परियारबारे जानकारी हुने व्यक्तिले जिल्ला प्रशासन कार्यालय बाराको ९८५५०४५४०३ वा ९८५५००७७७७ नम्बरमा सम्पर्क गरी जानकारी गराउन सक्ने प्रशासनले जनाएको छ।

Leave a review