वडाध्यक्ष कुशवाहाको निधनमा देवताल गाउँपालिकामा आज शोक बिदा

साझेदारी डेलि
38 पाठक संख्या

बारा । बाराको देवताल गाउँपालिका–३ का वडाध्यक्ष रामकिशोर प्रसाद कुशवाहाको निधनको शोकमा देवताल गाउँपालिकाले आज ( बिहीबार) शोक बिदा दिने निर्णय गरेको छ।

गाउँपालिकाले एक सूचना जारी गर्दै असोज ८ गते बिहीबार गाउँ कार्यपालिकाको कार्यालय, मातहतका वडा कार्यालय, स्वास्थ्य संस्था (आकस्मिक सेवाबाहेक) तथा गाउँपालिकाअन्तर्गतका शैक्षिक संस्थामा शोक बिदा दिने जनाएको हो।

गाउँपालिका अध्यक्ष उदय प्रसाद यादवद्वारा जारी शोक वक्तव्यमा वडाध्यक्ष कुशवाहाको असामयिक निधनले गाउँपालिकालाई अपूरणीय क्षति पुगेको उल्लेख गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना तथा शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरिएको छ।

कुशवाहाको असोज ७ गते उपचारका क्रममा निधन भएको थियो। उनलाई असोज ३ गते मस्तिष्कघात भएपछि वीरगन्जस्थित एलएस न्युरो एण्ड जेनेरल हस्पिटलमा उपचारका लागि भर्ना गरिएको थियो।

Leave a review