बारा । नेपाली कांग्रेस कोल्हवी नगर समितिको तेस्रो अधिवेशनबाट सभापतिमा वसन्त चौधरी सर्वसम्मत चयन भएका छन्।
शुक्रबार बाराको कोल्हवी नगरपालिका–१ स्थित बीपी स्मृति भवनमा सम्पन्न अधिवेशनबाट चौधरीको नेतृत्वमा नयाँ नगर कार्यसमिति सर्वसम्मत चयन गरिएको हो।
अधिवेशनबाट उपसभापतिमा रविन्द्र चौधरी, महिला उपसभापतिमा गंगा सुवेदी, सचिवमा रामबाबु चौधरी, सह-सचिवमा वीरबहादुर लामा र कोषाध्यक्षमा रामेश्वर थापा चयन भएका छन्।
त्यस्तै, सदस्यहरूमा गणेशराज भारती, सुभाष मैनाली, रामाधार साह कानु, हरिवंश चौधरी, बालेश्वर चौधरी र विश्वनाथ राम चयन भएका छन्। ३० वर्ष मुनिका सदस्यमा रमेश खाँ र वसन्त चौधरी तथा दलित सदस्यमा ललिता कुमारी राम चयन भएका छन् । दुई जना महिला सदस्य पछि चयन हुने सभापति चाैधरीले बताए ।
अधिवेशनमा नेपाली कांग्रेसका नेता रविन्द्र पुनुहर, उपेन्द्र चौधरी, नारायण अधिकारी, भरत वाग्ले र कृष्णदेव चौधरी तथा कार्यकर्ता र युवाहरु लगायतको उपस्थिति रहेको थियो।
नवनिर्वाचित सभापति चौधरीले पार्टी संगठनलाई थप सुदृढ गर्दै नगरवासीको हितमा सक्रिय भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
नेपाली कांग्रेसकाे कोल्हवी नगर सभापतिमा वसन्त चौधरी चयन
Leave a review
Leave a review


