नेपाली कांग्रेस कोल्हबीद्वारा रामनाथ चौधरीप्रति श्रद्धाञ्जली व्यक्त

साझेदारी डेलि
63 पाठक संख्या

कोल्हबी । धीरेन्द्र पनुहर / नेपाली कांग्रेस कोल्हबी नगरपालिका वडा नं. १ का सभापति तथा थारु कल्याणकारिणी सभा कोल्हबी नगर कार्यसमितिका सभापति रामनाथ चौधरीको असामयिक निधनप्रति नेपाली कांग्रेस कोल्हबी नगर कार्यसमितिले गहिरो दुःख व्यक्त गरेको छ।

नेपाली कांग्रेस कोल्हबी नगर कार्यसमितिका सभापति बसन्त प्रसाद चौधरीद्वारा जारी शोक सन्देशमा स्वर्गीय चौधरीको निधनले पार्टीले एक निष्ठावान्, कर्मठ तथा समर्पित व्यक्तित्व गुमाएको उल्लेख गरिएको छ। उहाँको निधनबाट नेपाली कांग्रेस कोल्हबी नगर कार्यसमितिलाई अपूरणीय क्षति पुगेको शोक सन्देशमा जनाइएको छ।

शोक सन्देशमार्फत दिवंगत चौधरीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजन, आफन्त तथा शुभेच्छुकहरूप्रति हार्दिक समवेदना व्यक्त गरिएको छ। साथै, शोकाकुल परिवारलाई यस दुःखद घडीमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् र दिवंगत आत्माले चिरशान्ति प्राप्त गरून् भन्ने कामना गरिएको छ।

चौधरीको निधनमा शोक व्यक्त गर्दै नेपाली कांग्रेस कोल्हबी नगर कार्यसमितिले आगामी १५ दिनसम्म आयोजना गरिने सम्पूर्ण औपचारिक कार्यक्रम स्थगित गर्ने निर्णयसमेत गरेको शोक सन्देशमा उल्लेख छ।

Leave a review