रौतहटमा स्रोत नखुलेको १० लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ

साझेदारी डेलि
78 पाठक संख्या

रौतहट । रौतहटको बौधीमाई नगरपालिका–७ बंकुलस्थित बंकुल–नरकटिया सडकखण्डबाट स्रोत नखुलेको १० लाख रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार आइतबार दिउँसो बाराबाट रौतहटतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको मोटरसाइकललाई प्रहरीले शङ्का लागेर चेकजाँच गर्ने क्रममा उक्त रकम फेला पारेको हो।

प्रहरी चौकी बंकुलबाट प्रहरी सहायक निरीक्षक रमेश यादवको कमाण्डमा खटिएको गस्ती टोलीले बिआर ०५ एएफ ३७८७ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलको फिल्टरमा लुकाइछिपाइ राखिएको स्रोत नखुलेको रकम बरामद गरेको जनाएको छ।

बरामद रकममा एक हजार रुपैयाँ दरका ५९३ थान र पाँच सय रुपैयाँ दरका ८१४ थान नोट रहेका छन्। बरामद नोटको कुल रकम १० लाख रुपैयाँ रहेको प्रहरीले जनाएको छ।

रकमसहित पक्राउ पर्नेमा भारतको बिहार राज्य, मोतिहारी जिल्ला, घोडसन ग्राम निवासी अन्दाजी ३३ वर्षीय टुना दास रहेका छन् ।प्रहरीले रकम, मोटरसाइकल र चालक दासलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ।

Leave a review