बारा । बाराको कलैया उपमहानगरपालिका–१४ भौरास्थित खेल मैदानमा जारी स्वर्गीय युवा नेता सुजित पाण्डेको स्मृतिमा आयोजित सुजित मेमोरियल टी–२० क्रिकेट प्रतियोगिताको फाइनल खेलमा कलैया उपमहानगरपालिका वडा नं. ६ ले वडा नं. १२ समक्ष १४८ रनको लक्ष्य प्रस्तुत गरेको छ।
टस जितेर पहिले ब्याटिङ गरेको वडा नं. ६ ले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४७ रन बनाएको हो। वडा नं. ६ का महम्मद समिमले २१ बलमा २९ रन, किसन गुप्ताले २६ रन र अफसारले १९ रनको योगदान दिएका छन्। १४८ रनको लक्ष्य पछ्याउँदै अब वडा नं. १२ ले जवाफी ब्याटिङ गर्नेछ।
आयोजक समितिका अध्यक्ष रमेश ठाकुरका अनुसार प्रतियोगिताको विजेता टोलीले नगद १५ हजार रुपैयाँसहित ट्रफी र मेडल तथा उपविजेता टोलीले नगद १० हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्नेछन् ।



