बारामा अभद्र व्यवहार मुद्दामा श्री भोला माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष यादव पक्राउ

साझेदारी डेलि
395 पाठक संख्या

बारा । बारामा अभद्र व्यवहार मुद्दामा श्री भोला राष्ट्रिय माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष जय किशुन प्रसाद यादव पक्राउ परेका छन्।

बारा जिल्लाको महागढीमाई नगरपालिका–३ मा बस्ने ३८ वर्षीय यादवलाई मंगलवार प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक मीनबहादुर घलेका अनुसार प्रहरी चौकी गन्जभवानीपुरका इन्चार्ज प्रहरी नायव निरीक्षक बहादुर यादवसँग वादविवाद गरेको आरोपमा उनलाई पक्राउ गरिएको छ।

पक्राउ परेका यादवमाथी अभद्र व्यवहार मुद्दामा बारा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रवक्ता घलेले जानकारी दिएका छन् ।

Leave a review