बारा : नूर आलम बादशाह/ सशस्त्र प्रहरी बल नेपाल १२ नम्बर गण हेडक्वाटर बारा द्वारा विपद् स्वयंसेवक परिचालन सम्बन्धी १८ दिने आधारभूत तालिम पचरौतामा आयोजना गरिएकोे छ।
गणले बाराको पचरौता नगरपालिकाको सहकार्यमा नगर प्रहरीलाई लक्षित गर्दै विपद् स्वयंसेवक परिचालन आधारभूत तालिमको आयोजना गरेको हो।
कार्यक्रमका प्रमुख अतिथि तथा पचरौता नगरपालिकाका नगरप्रमुख जलंधर सिंहले यस्तो तालिमले स्वयमसेवकहरुलाई हौसला प्रदान गर्ने जनाए। उनले हरेक नागरिक विपद्सँग परिचित हुनुपर्ने जनाए।
विपद्पछिका अवस्था,विपद आउनुअघिको अवस्थाको सचेतना गराउँने उदेश्यले तालिमको आयोजना गरिएको जनाउँदै उनले विपदले पु-याउने असर न्यूनीकरण गर्न तालिम सहायक हुने उनले विश्वास व्यक्त गरे। तत्काल खोज,उद्धार र राहतसँगै समन्वयात्मक भूमिकाका लागि यस्ता तालिम महत्वपूर्ण हुनेउनले बताए।
आसार १५ गतेसम्म सो तालिम सञ्चालन गरिने छ। तालिममा विपद् पूर्व तयारी,विपद्–उद्धार त्यसपश्चातका प्रतिकार्य राहत तथा समन्वयसम्बन्धी व्यावहारिक तालिम तथा अभ्यास गराइने जनाइएको छ।
सो कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ गण हे कÞ्वा बाराका गणपति सशस्त्र प्रहरी उपरीक्षक खुम बहादुर केसी,प्र सि सु गुल्मका गुल्मपति सप्रनाउ राजनलाल श्रेष्ठ,प्रमुख प्रसाशकीय अधिकृत बसन्तराज जोशी,शिक्षा सहायक मुकेश कुमार सिंहको विशेष उपस्थिति रहेको हो। यस्तै सो तालिममा प्रशिक्षक तथा तालिममा सहभागी हुने प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो।
कार्यक्रम सञ्चालन सशस्त्र प्रहरी सहायक निरीक्षक दिनेश कुशवाहाकोे थियो।


