भोकले पीडित बनेका कलैया उपमहानगरपालिकाको वडा कार्यालय –४ ले अति विपन्न, गरिब तथा श्रमिक वडावासीलाई आइतवार खाद्यन्न सामाग्री वितरण गरेको छ । वडा कार्यालयले वितरण गरेको यो राहत चौथो पटक हो । यो भन्दा अघि कार्यालयले आफ्नै वडाको बजेटबाट तीन पटक राहत बा“डेको थियो ।
यो चौथो पटकको राहत प्रदेश सरकार, वडा कार्यालयसहित लघु वित्तीय बैकिङ संस्था डिप्रोक्स बैंक कलैयाको संयुक्त सहयोगमा ३ सय विपन्न परिवारलाई राहत वितरण गरिएको वडाध्यक्ष मिश्री जट्टाशंकर सहनीले बताउनुभयो । लकडाउनको कारण जीवनयापन गर्नेहरुलाई कठिन भइरहेको अवस्थालाई बुझेर राहत वितरण गरिएको उहा“ले बताउनु भयो ।
प्रदेश सरकारबाट प्राप्त ६३ पोका, डिप्रोस बैंक कलैयाबाट प्राप्त २० बोरा चामल र बा“की वडा कार्यालयको बजेटबाट गरी ३ सय भन्दा बढी परिवारलाई राहत वितरण गरिएको उहा“ले बताउनु भयो ।
राहत पाएर विपन्न वर्ग खुसी भएका छन् । राहतमा चामल, दाल, आलु, नुनलगायत खाद्यन्न सामाग्री वितरण गरिएको हो । भोकको समस्या देखेर वडाले राहत वितरण गरेकोमा वडावासीले वडाध्यक्षलाई सराहना गरेका छन् ।