सिकेन्द्र पासवान/
बाराको सदरमुकाम कलैयामा रहेको जिल्ला अस्पतालमा सोमवार देखि पुनह जेनरल अस्पतालको रुपमा संचालन हुने भएको छ । जेष्ठ ४ गते देखि कलैया अस्पताललाई अस्थाई कोभिड अस्पतालको रुपमा संचालन गर्दै कोरोना पोजेटिभ बिरामीहरुलाई राख्दै आएका थिए ।
नागरिकलाई सेवा लिनका लागि निजी अस्पताल र बाहिर जदा समय एवम पैसाको खर्च बढने भएको हुदा नागरिकको अवाजलाई बुझी एवम समाजिक बिकास मन्त्रालय प्रदेश नम्बर २ का परिपत्र अनुसार तथा बिरामीहरुलाई पर्न जाने असुविधालाई समेत मध्यनजर गर्दे सेवा सुचारु गरिएको हो ।
कोरोना अस्थाई अस्पताल कलैया उपमहानगरपालिका वडा नम्बर ३ गंगापुरको शैक्षिक तालिम केन्द्रमा सारेपछि कलैया अस्पताललाई जेनेरल अस्पताल संचालनको बाटो खुलेको कलैया अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट बिरेन्द्र मण्डलले साझेदारीलाई जानकारी दिनुभयो ।
जेष्ठ १६ गते कलैया अस्पतालमा रहेका बिरामीहरुलाई गंगापुरमा सिप्ट गरेपछि कलैया अस्पताललाई पटक पटक सेनिटाईज गर्दै आएको थियौ प्रमुखे भन्नुभयो । बिरामीलाई उपचार गर्नमा स्वास्थ्य मापडण्ड अनुसार निर्मलीकरण गरि कुनै प्रकार समस्या श्रृजना नहुने अवस्था भएपनि सेवा सुचारु सोमवार देखि थालिने भएको छ उहाँले भन्नुभयो ।
सोमवार देखि ओपिटी सेवा, प्रसुती सेवा, ल्याव सेवा संचालन हुने प्रमुख मण्डलको भनाई रहेको छ । बिगतका दिनमा कलैया अस्पतालले दिदै आएका सबै सेवा केहि दिनमा सुचारु गर्नेगरि तयारी भईरहेको अस्पतालका प्रमुख मण्डलले थपे । जनशतिmको एक तिहाई कर्मचारीहरु गंगापुर स्थित रहेको आइसोलन वार्डमा कोरोनाका बिरामीहरुलाई हेर्ने, उपचार गर्ने कार्य गरिरहेको हुदा जेनरल सेवाहरु प्रभावित हुने भएको हुदा थप जनशतिm परिचालन गरेर भएपनि चाडै नै सबै सेवा प्रदान गर्ने अस्पतालले जनाएको छ ।
कलैया अस्पतालमा सेवा संचालन हुनेसंगै जिल्लाबासीहरु खुसी ब्यतm गरेका छन् । गरिब असहायहरुलाई कम पैसामा प्रभावकारी उपचारको माध्यमको रुपमा रहेको कलैया अस्पताल संचालन हुनु सकारात्मक कुरा रहेको भएपनि सेवा प्रभावलाई अर्झै प्रभावकारी बनाउन बारा नागरिक समाजका अध्यक्ष उमेशलाल दासले भने । कोभिड अस्पताल संचालन रहेको अवस्थामा कलैया अस्पतालका सबै सेवाहरु कलैया स्थित रहेको बारा नर्सिग होममा दिदै आएको थियो ।