सरकारको विरोधमा निजगढमा मौन प्रदर्शन भएको छ । कोरोना नियन्त्रण तथा औषधि उपकरण खरिदमा भएको खर्च पारदर्शी हुनुपर्ने, पिसिआर परिक्षण बढाउनुपर्ने,थोपरिएको कर खारेज गर्नुपर्ने लगायतका माग राखेर उनिहरुले शान्तिपुर्ण प्रदर्शन गरेका हुन् ।
महामारीमा सरकारको गतिविधिका कारण जनताले थप दुख पाएको,लकडाउनको मारमा परेका व्यवसायीसँग कर लिन खोजेको,जनताको स्वास्थ्यलाई मतलब नगरेर राष्ट्रपति कार्यालयमा महँगो कार्पेट खरिद गर्न लागिएको,युवाहरुलाई देशमै रोजगारको व्यवस्था गर्नुपर्ने भन्दै उनीहरुले विभिन्न नारा लेखेको प्लेकार्डसहित शहिद चोकमा प्रदर्शन गरेकाहुन् ।
सरकारलाई खबरदारी गर्नकालागि प्रदर्शनको आयोजना गरिएको कार्यक्रम संयोजक बिपुल लामाले बताउनुभयो । कार्यक्रम निजगढका स्वतन्त्र युवाहरुको सक्रियतामा भएको थियो लकडाउन हुदा पनि तिब्र रुपमा कोरोना भाइरस परीक्षण गर्न नसकेको,लकडाउनका कारण मर्कामा परेका उद्योगी व्यवसायीलाई राहत दिनुको सट्टा कर तिर्न उर्दी गरेर आहात बनाएपछि सरकारको चौतर्फी विरोध सुरु भएको छ ।
तोडफोड र हुलहुज्जत नगरिकनै शान्तिपूर्वक रुपमा युवाहरुले प्रदर्शन गरेका थिए ।