नेविसंघ बाराले नागरिक्ता विधेयकको विरोधमा गर्यो प्रदर्शन

साझेदारी दैनिक
624 पाठक संख्या

सरकारले प्रस्ताव गरेको नागरिकता बिधयेको बिरोधमा नेपाल विद्यार्थी संघ बाराले सोमवार कलैयामा वृहत विरोध प्रर्दशन गरेको छ ।

नेपाली काङ्ग्रेस पार्टी कार्यालयबाट निकाले नेविसंघका निबर्तमान सहमहामन्त्री राजेश रौनियारको अगुवाईमा विद्यार्थीहरुको जुलुसले नगरको विभिन्न भाग हुदै मुख्य भरत चोकमा पुगेर कोण सभा गरेको छ ।

उक्त कोण सभामा बोल्दै निबर्तमान सहमहामन्त्री रौनियारले सरकार ल्याएको बिभेदपुर्ण नागरिकता बिधयेक खारेज नगरे आन्दोलन अझ चर्काउने चेतावनी दिएका छन।

नेविसंघ जिल्ला अध्यक्ष राकेश पाण्डेको अध्यक्षतामा उक्त कोण सभामा गिरिजा कोईराला फाउन्डेशनका जिल्ला अध्यक्ष चन्द्रीका प्रसाद गुप्ता, नेपाली काङ्ग्रेस बाराका जिल्ला सदस्य गजानन्द यादव, नेबिसंघ मिनभवन क्याम्पसका एकाई अध्यक्ष बिष्णु खडका, विद्यार्थी नेताहरु हरि ओम साह, पविण पटेल, पप्पु कुशवाहा , अफ्तर हुशेन, काङ्ग्रेसका युवा नेता धरमेन्द्र यादव लगायतले मनतब्य राखेका थिए। कार्यक्रमको संचालन नेबिसघ नेता यश मिश्राले गरेका थिए ।

Leave a review

This will close in 0 seconds