अनिलकुमार साह /
जितपुरसिमरा उपमहानगरपालिका वडा नं. ७ जितपुरमा एक्पोज लाँज फेमिली रेष्टुरेन्ट तथा बारको उद्घाटन गरिएको छ ।
सो उद्घाटन नेपाली कांग्रेस बारा क्षेत्र नं.४ ख का सभापति लोकेश सिंहद्वारा गरिएको थियो । बारमा जन्मदिन, विवाह, अन्न परासन, भोज, भतेर,बैठक,गोष्ठी,सभा,सम्मेलन लगायतको समारोहहरू भव्यताका साथ सफल पार्ने सम्पूर्ण प्रबन्धहरु गरिएको हुनाले उपभोक्ताहरु अरु ठाउँभन्दा सस्तो मूल्यमा गुणस्तरीय सेवाको लाभ लिन सक्ने बारका सञ्चालक उमेश प्रसाद साह जानकारी दिए ।
सो अवसरमा नेपाली कांग्रेस बारा जिल्ला कार्यसमिति सदस्य बिनोद मण्डल नेका जितपुर –सिमरा–७ का सभापति राजेश गिरी,वडा नं. ७ का वडा अध्यक्ष रामबाबु गुप्ता,स्थानीय भद्रभलादमी लगायतको सहभागिता रहेको थियो । ३० लाखको लागतमा सो बारको निर्माण गरिएको सञ्चालक साह जानकारी दिए ।


