वेबसाईट बनाउन सोच्दै हुनुहुन्छ ? कल गर्नुहोस् : +977-9861436955

कलैया अस्पतालको लापरवाहीका कारण शिशुको ज्यान गएको परिवारको आरोप

रबिन्द्र प्रसाद साह /
बाराको जिल्ला अस्पताल कलैयाका चिकित्सकहरुको लापरवाहीका कारण शुक्रवार एक गर्भको शिशुको मुत्यु भएको परिवारले आरोप लगाएको छ ।

जिल्लाको सुवर्ण गाउँपालिका ६ की २५ वर्षीया तसिरा खातुनको गर्भमा रहेको शिशु डाक्टरको लापरवाहीका कारण शिशुको ज्यान गएको खातुनका बुवा शेख आसिफले आरोप लगाएका हुन ।

शेख आसिफ बिहीबार बिहान आठ बजे छोरीलाई सुत्केरी गराउन कलैया अस्पतालमा ल्याएको तर पनि चिकित्सकले समयमै शल्यक्रिया गरेका थिएन्न।

सुत्केरी व्यथा लागेकी तसिरालाई बिहान आठ बजे नै कलैया अस्पतालमा पु¥याए पनि कलैया अस्पतालका डाक्टर हरिओम केशरीले दिउँसो चार बजेमात्र शल्यक्रिया गरेको र त्यतिबेलासम्म शिशुको ज्यान गइसकेको आसिफले जानकारी गराए।

यसअघि पनि शल्यक्रिया गरेर बच्चा जन्माएकाले यसपटक पनि शल्यक्रिया नै गरिदिन आग्रह गर्दा पनि डाक्टर केशरीले नमानेको परिवारको दाबी छ । शल्यक्रियाका लागि जिल्लाका नेता र प्रमुख जिल्ला अधिकारीलाई गुहारेपछी मात्र डाक्टर केशरीले चार बजे छोरीको शल्यक्रिया गराएको बुवा आसिफले बताए।

यता कलैया अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर बीरेन्द्रकुमार मण्डलले भने डाक्टरको लापरवाही नभइ पेटभित्रै दिशा खाएका कारण शिशुको ज्यान गएको दाबी गरेका छन ।

बिहान १० बजे नै डाक्टर केशरीसहित शल्यक्रिया गर्ने स्वास्थ्यकर्मीको टोलीले कलैया अस्पतालमा उपचार सम्भव नभएकाले अन्यत्र लैजान सुझाव दिए पनि नलगेका कारण शिशुको ज्यान गएको दावी गर्नुभयो ।

शिशुलाई राख्नुपर्ने एनआईसीयू कक्ष नभएकोले बिरामीलाई सुविधा सम्पन्न अस्पतालमा लैजान सुझाव दिएको मण्डलको भनाइ छ ।

बिरामीका आफन्तले बिरामीलाई अन्यत्र लैजानुको सट्टा शल्यक्रियाका लागि दबाब सृजना गर्नेतर्फ लागेको धेरै ठाउँबाट दबाब आएपछि शल्यक्रियाको तयारी गर्न समय लागेको र शिशु बाँच्ने सम्भावना न्यून हुँदाहुँदै शल्यक्रिया गर्दा सुत्केरीलाई मात्र बचाउन सकेको मेडिकल सुपरिन्टेन्डेन्ट मण्डलले बताए ।

यता घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न बुवा आसिफले माग गर्नुभएको छ ।

error: Content is protected !!