प्रणामी युवा परिषदद्धारा बक्तृत्वकला प्रतियोगिताको आयोजना

साझेदारी दैनिक
962 पाठक संख्या

कोल्हवी २५ भदौ
श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल जिल्ला कार्य समिति बाराको ३० औ बार्षिक साधारणसभाको अवसरमा शनिवार बाराको कोल्हवी ८ नयाँवस्तीमा नगरस्तरीय बक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ ।
कोल्हवी नगरपालिका वडा नम्बर–८वडा कार्यालयको आर्थिक सहयोग र श्रीकृष्ण प्रणामी ब्यावसायी संघ नेपालको सहकार्यमा भएको उक्त कार्याक्रममा “दुव्र्यशन मुक्त समाज निर्माणमा युवाको भुमिका“ भन्ने शिर्षकको बक्तृत्वकला प्रतियोगिताको आयोजना गरिएको हो ।
कार्यक्रमको उद्घाटन कोल्हवी नगरगरपालिकका मेयर रामप्रसाद चौधरीले गरेका छन । युवा परिषद बाराका अध्यक्ष सुमन प्रसाद सुवेदीको अध्यक्षता, कोल्हबी नगरपालिकाका मेयर नगरप्रमुख चौधरी ज्युको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको हो ।
साधारण सभाको उपलक्ष्यमा अयोजित बक्तृत्वकला प्रतियोगितामा कोल्हवी नरपालिका अन्तरगतका विभिन्न विद्यालयका १२ जना छात्रछात्राहरु सहभागि भएका थिए । प्रतियोगितामा विजयी हुने विद्यार्थीहलाई कोल्हवी नगरपालिकाका मेयर चौधरी,विदुषी माता उषा घिमिरे लगायतकाले पुरस्कार वितरण गर्नुभएको थियो ।
उद्घाटन कार्यक्रममा प्रणामी युवा परिषद नेपालका केन्द्रीय उपाध्यक्ष प्रमोद वाग्ले, कोल्हबी नगरपालिका वडा नम्बर ८ वडा अध्यक्ष अनुप सुवेदी, मेहेर सागर आश्रमकी संरक्षक एवम् बिदुषी माता उषा घिमिरे, प्रणामी ब्यावसायी संघका केन्द्रिय अध्यक्ष बिष्णु वाग्ले, प्रणामी युवा परिषद केन्द्रीय उपमहासचिव . अनिल कोइराला, प्रणामी युवा परिषद केन्द्रीय सदस्य, बैदेशिक बिभाग सदस्य, तथा बारा पर्सा इन्चार्ज दिपक प्रसाद सापकोटा लगायतकाले सम्बोधन गरेका थिए ।
कार्यक्रम युवा परिषदका जिल्ला सचिव एवम् कार्यक्रम व्यवस्थापन संयोजक उमेश सापकोटाले संचालन गरेको युवा परिषद बाराले जनाएको छ ।

Leave a review

This will close in 0 seconds