रामराजा(मोहन बिक्रम शाह) बहुमुखी क्याम्पस कलैयाका प्रमुख हरिभूषण कुशवाहालाई न्याय दिन माग गरिएको छ ।
कलैयामा यस्तो माग गर्दै रामराजा बहुमुखी क्याम्पस कलैयाको आयोजनामा आइतबार साँझ कलैयाको मुख्य चोकमा दीप प्रज्वलन गरिएको हो ।
दीप प्रज्वलन कार्यक्रममा नेपाली कांग्रेसका सह महामन्त्री उमाकान्त चौधरी,पूर्व राज्य मन्त्री कलावती पासवान,निवर्तमान प्रदेश सभा सदस्य पारस साह,रामराजा बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष जंगबहादुर चौरसियाको विशेष सहभागिता रहेको थियो ।
यस्तै क्याम्पसका प्राध्यापक निवेश तिमिलसिना,अमित मिश्रा, क्याम्पसका बिधार्थीहरु,स्थानीय बासी लगायतको सहभागिता रहेको थियो ।
गत शुक्रबार अपरान्ह ५ बजे आदर्शकोतवाल गाउँपालिका वडा नम्बर २ खजुरिया टोल निवासी क्याम्पस प्रमुख कुशवाहाको गोली प्रहार गरी हत्या भएको थियो ।


