नेकाको प्रजातान्त्रिक महासंघको जिल्ला संयोजकमा पौडेल

साझेदारी दैनिक
साझेदारी दैनिक 430 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

नेपाली काँग्रेस निकट नेपाल प्रजातान्त्रिक महासंघको बारा जिल्ला संयोजकमा सार्थक पौडेल चयन भएका छन ।
नेपाली काँग्रेसको बुद्धिजिवीहरु आवद्ध महासंघको प्रदेश नम्बर २ का प्रदेश संयोजक स्वयम्भु नाथ यादवले पौडेललाई बारा जिल्लाको संयोजकमा मनोनित गरेको हुन ।
प्रजातान्त्रिक महासंघमा बौद्धिक, पेशाकर्मी, सेवा निवृत्त राष्ट्रसेवक, उद्योगी, व्यवसायी र वित्तीय तथा सहकारीकर्मीहरु आबद्ध रहेका छन । संयोजक पदमा मनोनित गरेपनी अन्य कार्यसमिती सदस्यहरु भने तय गर्न बाँकी रहेको संयोजक पौडेलले जनाएका छन ।
महासंघको १० आमन्त्रित केन्द्रीय सदस्य सहित ४१ सदस्यीय केन्द्रीय समिति रहेको छ । महासंघले ७ वटै प्रदेशका ७७ वटै जिल्लामा संगठन विस्तार गरेको छ ।
बारा जिल्ला संयोजकमा मनोनय भएका पौडेल बाराको कोल्हबी नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष समेत रहेका छन ।

साझेदारी दैनिक

समाचार शेयर गर्नुहोस
Leave a review