रौतहटको मौलापुर प्राथमिक स्वास्थ्य केन्द्र अन्तर्गत सुनौलो हजार दिनका सम्पूर्ण सुतकेरी आमालाई बुधवार पोषिलो खानेकुरा सामग्रि बितरण गरिएको छ।
मौलापुर नगरका प्रत्येक प्रसुती र गर्भवतीलाई बहुक्षेत्रिय पोषण कार्यक्रमबाट वड़ाकार्यालयहरू मार्फÞत पोषिलो खाने सामग्री वितरण भई सकेको केन्द्रले जानकारी गराएको हो ।
सो अवसरमा प्राथमिक स्वास्थ्य केन्द्रमा आएर बच्चा जन्माएका आमाहरूलाई अण्डा , हरलिस, मच्छर झुल लगायतका सामग्रीहरु पनि वितरण गरिएको जानकारी गराएको छ।
उक्त कार्यक्रममा नगरपालिकाकी नगरप्रमुख रिना साह, स्वास्थ्य संयोजक सुरेन्द्र साह र मेडिकल अधिकृत अभिमनु रौनियारको लगायतका जनप्रतिधिहरूको लगायतको सहभागिता रहेको थियो ।