Sajhedari Daily
Latest News from Nepal

कोरोनाको नाममा कृत्रिम अभाव गर्नेलाई कारवाही होस

Top Aside Banner

छिमेकी देश चिनबाट शुरु भएको कोरोना काोभिड १९ भाइरस विश्वभरि फैलिरहदा नेपालमा पनि यसको असर सुरु भए यता बजारमा कालोबजारी सल्बल्याई रहेका छन ।

बारा, पर्सा रौतहटका बजारमा मास्क, ग्यास देखि नुन सम्मको कृत्रिम अभाव सृजना गरि व्यापारीहरुले साविकको मुल्य भन्दा दुई देखि तीन गुणमा बढिमा समान बेचिरहेका छन । बारा जिल्लाको कलैया, जितपुर,सिमरा, निजगढ र अन्य बजारहरुमा औषधी पसलले माक्स लुकाई सकेका छन । भने खाने तेल, नुन र ग्यासको पनि कृत्रिम अभाव गराईएको छ ।

आम उपभोक्ताको भान्सामा प्रयोग हुने तेल र नुनमा समेत जिल्लाको बजारमा अभाव देखाई कालो बजारी हुन थालेको कलैया र जितपुर सिमराका उपभोक्तको गुनासो रहेको छ । खाने तेलमा साविकको दर भन्दा चालिस देखि पचास प्रतिशत मुल्य बढाईएको छ भने प्रति केजि बिस रुपैयमा पाईने आयो नुन प्रति किलो पच्चिस देखि तीस रुपैयामा व्यापारीहरुले बेचिरेहेका छन ।

उपभोक्ता संरक्षण विभागले आम नागरिकले प्रयोग गर्ने दैनिक उपभोग्य समानमा कुनै मुल्य बृद्धि नभएको सवै समान सहज उपलब्ध भईरहेको जनाईरहदा बाराका बजारमा भने उपभोग्य समानको अभाव देखि मुल्य बृद्धि समेत हुँदा विभागको यो दावी गलत ठहरिन्छ ।

छिमेकी देश भारतमा समेत कोभिड १९ को प्रकोप देखि सकेको र त्याहाँका नागरिकको मृत्यु समेत भए पछि भारतले आपनो नेपाल तर्फका नाका बन्द गर्दा पारीबाट आउने खाद्यपदार्थको अभाव हुदाँ मुल्य बृद्धि हुन पुगेको व्यापारीहरु बताउँछन तर विभागले भने नेपालमा तीन देखि पाँच महिना सम्म पुग्ने सवै खाद्यपदार्थ आफुहरुसँग भण्डारण भएकोले कुनै पनि अभाव र भुल्य बृद्धि नहुने बताउँछ।

जे होस स्थानिय प्रशासनले अभाव सृजना गर्ने व्यापारी र कालोबजारी गर्नेलाई कडाईका साथ अनुगमन गरि त्यस्तो कार्यमा संलग्नलाई कडा भन्दा कडा कारावही होस र आपुर्ति विभागलेप दैनिक उपभोग्य समाग्री सहज उपलब्धता गराओस आम उपभोक्ताको यहि माग छ ।