खेलकुद बिकास समिति बाराको कार्यालयमा तालाबन्दी

साझेदारी दैनिक
645 पाठक संख्या

बाराको जिल्ला खेलकुद विकास समितिको कार्यालयमा तालाबन्दी भएको छ ।

संघ विघटनको माग गर्दै नेपाल तेक्वान्दो संघ जिल्ला कार्यसमिति बारा र मधेश प्रदेश तेक्वान्दो संघले बिरोध गर्दै शुक्रबार तालाबन्दी गरिएको हो । संघले तालाबन्दीका साथै जिल्ला प्रशासन कार्यालय बारामा ज्ञापनपत्र बुझाएर तत्काल निर्णय फिर्ता लिन माग गरिएको छ ।

राष्ट्रिय खेलकुद परिषद र खेलकुद मन्त्रालयले अबैधानिक तवरले नेपाल तेक्वान्दो संघ बिघटन गरेपछि खेलकर्मी तालाबन्दी र ज्ञापनपत्र बुझाएर आन्दोलित भएकाहुन । परिषदको एक पछि अर्को गलत कार्यका कारण खेलक्षेत्र विवादित बन्दै आएको तेक्वान्दो संघ बाराका अध्यक्ष चित्र बहादुर लामाले बताए ।

अध्यक्ष लामा, प्रदेश महासचिब राजकुमार लामा, केन्द्रीय सदस्य गुरुप्रसाद गौतम, जिल्ला उपाध्यक्ष संञ्जय साह, कोषाध्यक्ष अनु बस्नेत लगायत खेलकर्मी खेलाडीहरुकोको सहभागितामा उक्त तालाबन्दी गरिएको हो ।

देशमा प्रजातन्त्रआउनु भन्दा अघिदेखि स्थापना भएर दर्ता भई नियमअनुसार खेलकुद गतिबिधि गर्दै आएको नेपाल तेक्वान्दो संघ बिघटन गर्ने खेलकुद परिषद र खेलकुद मन्त्रालयको गलत निर्णयले खेलकुदमा भई रहेको राजनैतिक हस्तक्षेपका बिरुद्ध आफुहरु आन्दोलितहुनु परेको प्रदेश महासचिब लामाले बताए ।

राजनैतिक दुनो सोझयाउने कार्यले नेपालमा कुनै पनि खेल र खेल संगको भबिष्य नभएको बताउदै राष्ट्रिय खेलकुद परिषद र खेलकुदमन्त्रालयले आफैले गरेको गल्ती सच्याउन तीन दशक अघि स्थापना भएको नेपाल तेक्वान्दो संघ बिघटन गर्ने निर्णय गलतभएकोले तत्काल सच्चाउन केन्द्रीय सदस्य गौतमले माग गरेका छन ।

ज्ञापनपत्र खेलकुद बिकास समितिका कार्यालय प्रमुख प्रदिप शर्मा र जिल्ला प्रशासन कार्यालय बाराका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्यलाई दिईएको हो ।

Leave a review

This will close in 0 seconds