सिमरामा रक्तदान कार्यक्रमको आयोजना

साझेदारी दैनिक
525 पाठक संख्या

नेपाल बहुराष्ट्रिय कम्पणी मजदुर युनियन र सुर्य नेपाल परिवारको संयुक्त आयोजनामा भएको शुक्रवार रक्तदान कार्यक्रम गरिएको छ

सुर्य निवास सिमरामा आयोजना गरिएको रक्तदान कार्यक्रममा ५ जना महिला सहित एक सय जनाले रक्तदान गरेका छन् । प्राबिधिक सहयोग रक्तसञ्चार बिरगंजको रहेको थियो ।

आधिकारिक युनियन अध्यक्ष राम पुकार पासवानको अध्यक्षतामा भएको कार्यक्रममा सुर्य नेपालका कारखाना ब्यवस्थापक सुरेश काजी श्रेष्ठ मजदुर नेता अर्जुन चिमरिया ,बेनि तिमल्सिना लगायतको सहभागिता रहेको थियो ।

बार्षिक कार्यक्रम अन्तर्गत रक्तदान कार्यक्रमको आयोजना गरिएको मजदुर नेता तिमल्सिनाले जानकारी दिएका छन ।

Leave a review

This will close in 0 seconds