वीरगञ्ज महावाणिज्य दुतावासका असिसटेन्ट कन्सुलर मनोज कुमारले मित्र राष्ट्र नेपाल र भारतको सम्बन्ध अझ प्रगाढ बनाउनका लागि भारत सधैव तयार रहेको कुरामा जोड दिएका छन ।
भारतको ७४ औं गणतन्त्र दिवसको अवसरमा नेपाल भारत–मैत्री संघ जिल्ला कार्य समिति बाराले आयोजना गरेको विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले नेपालको बिकासका लागि दुतावासले दिदै आएको सहयोग निरन्तर रहने बताए ।
नेपालको जनता आफै सार्वभौम रहेको बताउदै भारत सहयोग मात्र गर्न खाजेको असिसटेन्ट कन्सुलर कुमारले प्रकाश पारेका थिए । भाई चारा र वेटिरोटीको सम्बन्धमा अटुट रहिरहनेमा कुनै प्रकारको कमी नहुने उनको भनाई थियोे ।
कार्यक्रममा मैत्री संघका पु्र्व केन्द्रीय अध्यक्ष राजकुमार द्धिंधि, मधेश प्रदेशका अध्यक्ष रन्धिर कुमार सिंहले आफ्ना शुभकामना मन्तव्य ब्यतm गरेका थिए । कार्यक्रममा लोसपाका नेता ओमप्रकाश चौधरी, मैत्री संघका वृजकिशोर साह, भरतबहादुर मल्ल, मनिन्द्र शर्मा, किलेन्द्र पुरुष ढकाल लगायतकाले गण्डक नहरमा समयमा पानी दिनु पर्ने लगायत जिल्लाका किसानले जमिन दिएपनि सिंचाईको उपभोग गर्न नसकेको कुरा कन्सुलरलाई अवगत गराए थिए ।
नेपाल–भारत मैत्री संघ जिल्ला कार्यबाहक अध्यक्ष बाबुराम सहनीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

