सुक्ष्म अनुसन्धान होस्

साझेदारी दैनिक
440 पाठक संख्या

बाराको सदरमुकाम कलैयास्थित रहेको बाल एकता ईङ्गलिश बोर्डिङ्ग स्कुलका प्रिन्सिपल ३९ वर्षीय रुपेश स्वर्णकारको हत्या भएको छ । सो हत्याको कारण कलैयाका नागरिक स्तव्ध छन्। मर्माहत छन्। शोक सन्तप्त छन् । मानिस द्वारा मानिसको हत्या सबैभन्दा घृणित अपराध हो । अमानवीय हो । तर पनि हत्या भइरहेको छ । डेढ महिना यता बारामा तीन जनाको हत्या भइसकेको छ । दुई जनाको हत्या बाराको पचरौता नगरपालिकामा भएको हो । गैंगवारमा एक जनाको गोली प्रहार गरी तथा एक जनाको धारिलो हतियार प्रहार गरी हत्या भएको हो । मानिसहरु हत्यामा उत्रने मनोसामाजिक तथा मनोरोगको कारण हो । मनोरोगका कारण यस्तो घृणित कार्यमा मानिस ओर्लने गर्छन् । रकमको लोभमा समेत हत्या हुन्छ । परिवारिक दुश्मनी तथा व्यक्तिगत दुश्मनीको कारण समेत हत्या जस्तो काम हुन्छ । दंगा तथा घृणाको कारण समेत मानिसले हत्या गर्ने गर्छन् । धार्मिक कारण पनि मानिसको हत्या हुन्छ । प्रेमको त्रिकोणको कारण समेत मानिसको हत्या हुने गर्छ । जब व्यक्तिले आप्mनो प्रिय काममा सबैभन्दा बढी अवरोध पाउँछ र प्रिय काममा वाधा पाउँछ हत्या जस्तो घटना हुन पुग्छ ।
स्वर्णकारको हत्याको प्रारम्भिक अनुसन्धानमा उनकै प्रेमिका तथा ति प्रेमिकाका अर्का प्रेमीको संलग्नता रहेको अनुमान रहेको छ । सोमबार दिउँसो करिब साढे १२ बजे नेपाल राष्ट्रिय माध्यमिक विद्यालय स्कुल मदर्शाको बिच सडकमा पछाडिबाट २ वटा मोटरसाइकलमा मास्क लगाएर आएका चार जनाले दिनदहाडै स्वर्णकारमाथि गोली प्रहार गरी हत्या गरेका थिए ।हत्याको प्रकरणमा प्रेमिका सहित दस जनालाई बारा प्रहरीले पक्राउ गरेको छ । विवाहित स्वर्णकारसँग प्रेममा रहेकी उनकी प्रेमिका अर्का प्रेमिसँग पनि प्रेम सम्बन्धमा थिइन् ।स्वर्णकारलाई आफ्नी प्रेमिकासँगको सम्बन्ध तोड्न बारम्बार दबाब दिँदै आएकोमा स्वर्णकारले नमानेकोले सो काण्ड भएको अनुसन्धानमा खुलेको छ ।सीसीटीभीको साहाराले अनुसन्धानमा सहयोग मिलेको छ । हत्यामा संलग्नले चलाएको नेपाली नम्बर प्लेट बाइकको समेत पहिचान भइसकेको छ।
प्रेमीले गत साउन १३ र भदौ २८ गते पनि स्वर्णकारलाई गोली हान्ने असफल प्रयास गरेका थिए ।स्वर्णकारको प्रेमिकाको दोहोरो भूमिका निर्वाह गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । प्रेमीले कि आफूलाई मार्ने कि स्वर्णकारलाई मार्ने धम्की दिएपछि स्वर्णकारको हत्या गर्न सहयोग गरेको प्रेमिकाको बयान प्रहरीको छ । घटना अत्यन्त संवेदनशिल छ । यस्को सुक्ष्म र यथार्थ अनुसन्धान आवश्यक रहेको छ । दोषी कुनै पनि हालतमा छुटन हुदैन । हत्यारालाई उन्मुक्ति दिन हुदैन । संरक्षण गर्न हुदैन । त्यसैले यस घटनाको सुक्ष्म अनुसन्धान होस्। दोषीलाई कडा कारवाही होस् ।

Leave a review

This will close in 0 seconds